म्युजिक भिडियोको शुरुवात भुवन केसीले गरेका हुन् : अनमोल केसी


८ पुष २०७८, बिहीबार
Anamol kc

काठमाडौं । कोरोनाकालमा थुप्रै स्टार कलाकार म्युजिक भिडियोमा देखिए । फिल्म निर्माण हुन नसकिरहेका बेला निर्माण भएका म्युजिक भिडियोमा राजेश हमालदेखि करिश्मा मानन्धरसम्म देखिए ।

उनीहरुले दर्शकसँगको अन्तर पूरा गर्न पनि म्युजिक भिडियोमा अभिनय गरेको बताए । अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ता सम्मका कलाकार म्युजिक भिडियोमा देखिँदा अभिनेता अनमोल केसी भने म्युजिक भिडियोमा देखिएनन् । उनै अनमोलले बुधबार नेपालमा म्युजिक भिडियोको शुरुवात आफ्नो बुवा भुवन केसीले गरेको बताएका छन् ।

चलचित्रका गीत बाहेर कुनै पनि म्यूजिक भिडियोमा अभिनय नगरेका अनमोलले म्यूजिक भिडियो जरुरी नभएको बताएका छन् । उनले भने, ‘म म्युजिक भिडियोलाई राम्रो मान्छु । तर, फिल्ममा ४/५ वटा गीत हुने भएकोले म्युजिक भिडियोमा काम गर्नुपर्छ भन्ने लाग्दैन ।’
अनमोलले नेपाल र अष्ट्रेलियामा रहेको एम्पायर एजुकेसनको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएपछि सोही कार्यक्रममा बोल्ने क्रममा उक्त कुरा बताएका हुन् ।

ऐम्पायरसँगको सम्झौतापछि अनमोलले विदेश जाने कुरा नराम्रो नभएको समेत बताएका छन् । तर विदेश गएर सिकेको ज्ञानलाई नेपाल फर्किएर उपयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७