कांग्रेस प्रदेश-२ को नेतृत्व चयनका लागि मतदान शुरु, ७६ पदका लागि १७५ जना चुनावी मैदानमा

देउवा र निधि-कोइराला पक्षबीच कडा प्रतिष्पर्धा


८ पुष २०७८, बिहीबार
268119639 327143225715340 8784951736407011592 n1640233793

जनकपुर । कांग्रेस प्रदेश-२ को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बिहान ९ः३० देखि ३ बजेसम्म मतदान हुने निमित निर्वाचन अधिकृत विनय सिंहले जानकारी दिएका छन् । पहिले उम्मेदवारलाई मतदान गर्ने समय दिएको छ । उम्मेद्वारपछि प्रतिनिधिहरु मतदान गर्ने छन् । १,८३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन लागेका छन् ।

कांग्रेसको प्रदेश-२ अधिवेशनमा बुधबार ५ जना उम्मेदवार निर्विरोध चयन भएका छन् । ७२ मध्ये ५ जना उम्मेदवार निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै प्रदेश मधेसी महिला सदस्यमा किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमाया तामाङ्नी निर्विरोध चयन भएका छन् ।

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रदेश सभापतिमा २ जना, प्रदेश उपसभापति २ पदमा ५ जना, महामन्त्री २ पदका लागि ५ जना, सहमहामन्त्री पुरुष २ पदका लगि ८ जना र सहमहामन्त्री महिला १ पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अब बाँकी ७६ पदका लागि १७५ जना चुनावी मैदानमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा कृष्ण यादव र पूर्व उपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ नेतृत्वमा निधिलाई शेखर कोइराला समूहले साथ दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७