बन्दुक र १४ किलो गाँजासहित डुलबहादुर रोका पक्राउ


८ पुष २०७८, बिहीबार
gun gaja 20211223052054

स्याङजा । भीरकोट नगरपालिका-७ का ४५ वर्षीय डुलबहादुर रोका भरुवा बन्दुक र गाँजासहित पक्राउ परेका छन् । एक नाले एउटा भरुवा बन्दुक र १४ किलो सुकेको गाँजासहित रोका पक्राउ परेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार भरुवा बन्दुकमा प्रयोग हुने फलामको वेरिङ १० थान, सिसाको छर्रा १७ थान, बारुद ३ ग्राम केप ३ थान बरामद भएको छ । रोकाविरुद्ध लागुऔषध (गाँजा) सम्बन्धी र हातहतियार सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । अदालतले ७ दिनको म्याद थप गरेको छ । अवैध हतियार र लागु औषधका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७