राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक शुरु हुँदै


८ पुष २०७८, बिहीबार
rajendra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशस्तरीय विस्तारित बैठक विहीबारदेखि शुरु हुँदैछ । एकता महाधिवेशन लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निणर्यानुसार प्रदेशस्तरीय विस्तारित बैठक शुरु हुन लागेको हो ।

पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक अन्तर्गत बिहीबार लुम्बिनी प्रदेशको बस्दैछ । दाङमा हुने बैठकमा केन्द्रीय नेता पनि सहभागी हुँदैछन् । पुस १२ गते गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ ।

अन्य प्रदेशको छिट्टै मिति घोषणा गरेर पुसभित्र विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन् । दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा.धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरू सहभागी हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७