स्थानीय तहमा कर्मचारी सरुवा स्थगित


८ पुष २०७८, बिहीबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं । सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा स्थगित गरेको छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको हो ।

लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रीस्तरीयको पौष ६ गतेको निणर्यानुसार अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको शाखा अधिकृत रविन्द्र प्रसाद पौड्यालले जानकारी दिए ।

निर्वाचन आयोग आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटिरहेको छ। छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी भइरहेकाले मन्त्रालयले कर्मचारीको सरुवा रोकेको हो ।
लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत भएपश्चात सम्बन्धित स्थानीय तहको दोहोरो सहमतिसहित मन्त्रालयमा प्राप्त भएका निवेदनहरुको हकमा आवश्यकता र प्राथमिकताका आधारमा मन्त्रालयले कामकाजमा खटाउने कार्य गर्दै आएको थियो। संघले स्थानीय तहमा पठाएका कर्मचारीहरुको सरुवा भने नरोकिएको बताइएको छ ।

यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर १९-२० गतेको निणर्यअनुसार मंगलबार १६१३ जना कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको थियो। लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भइ स्थायी नियुक्त भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन निवेदन पेस गरेका कर्मचारीहरुलाई सरुवा गरेको हो ।

Notices karmachari 20211223055016

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७