झण्डै पाँच किलो चाँदीका गहनासहित दुई जना पक्राउ


८ पुष २०७८, बिहीबार
chadi gahana

रुपन्देही । रुपन्देही, कोटहीमाई गाउँपालिका-५ दुईमुहानबाट चाँदीका गहनासहित एक जना पक्राउ परेका छन् । करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका-६ अशुरैना बस्ने ४० वर्षीय कुरेश सुनार र सोही ठाउँका २४ वर्षीय अनिल बर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको लु १९ प ५१५९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको चाँदीका गहनासहित फेला पारेको हो । बरामद गहनासहित उनीहरुलाई भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७