कांग्रेस प्रदेश-२ को नेतृत्व चयनका लागि मतदान जारी, हालसम्म ७०० मत खस्यो


८ पुष २०७८, बिहीबार
congress election pra 2 foN6Ez2uS6

जनकपुर । नेपाली कांग्रेस प्रदेश-२ को नयाँ नेतृत्व चयनका लागि अहिले जनकपुरमा मतदान जारी छ । बिहान साढे नौ बजेदेखि शुरु भएको मतदानमा अहिलेसम्म करिब सात सय मत खसेको निर्वाचन अधिकृत विनयकुमार सिंहले जानकारी दिएका छन् ।

‘चारवटा बुथमा मतदान भइरहेको छ । प्रत्येक बुथमा अनुमानित १७५ का दरले सात सय मत खसेको छ,’ सिंहले भने । प्रदेश-२ मा जम्मा १,९२० प्रदेश अधिवेशन प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७