अर्जुन दासको हत्यारा पक्राउ गर्न माग गर्दै गाउँपालिका बन्द


८ पुष २०७८, बिहीबार
ArjunDas kailali

कैलाली । कैलालीको जानकी गाउँपालिका-९ अमरावतीका २५ वर्षीय अर्जुन दासको हत्या घटनाको विरोधमा पीडित पक्ष आन्दोलित भएका छन् । मृतक अर्जुन दासको परिवार तथा आफन्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका छन् ।

घटना भएको एक साता बित्नै लाग्दा पनि हत्यामा संलग्न पक्राउ नपरेको भन्दै उनीहरुले बिहिबार गाउँपालिका बन्द गरेका छन् । पीडित पक्षले जानकी गाउँपालिकाको कार्यालय र वडा कार्यालय बन्द गरेको वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीले बताए । यसअघि संघर्ष समितिले मंगलबार र बुधबार टीकापुरमा विरोध प्रदर्शन गरेका थिए ।

हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्ष आन्दोलित भएको हो । अर्जुन दास घाँटी छिनालेर रुखमा बाँधिएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा शनिबार शव भेटिएको थियो ।

प्रहरी हत्या आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न ३/४ जना भारत फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७