आठ महिलासहित २१० नेपाली शान्ति सैनिक कंगो प्रस्थान


८ पुष २०७८, बिहीबार
un mission.jpg .2020 12 03

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सैनिकजवान कंगो प्रस्थान गरेका छन् । सेनानी रन्जीत थापाको नेतृत्वमा पहिलोपटक क्वीक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) सहभागी भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पहिलो डफ्फा, मेन बडीमा आठ महिला सैनिकसहित २१० नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइट इथियोपियन एयरलाइन्समार्फत काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् । योसँगै मोनुस्को मिसन कंगोमा शान्ति स्थापनार्थ सेनाको थप एक कम्पनी तैनाथ भएको छ ।

कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापनाकार्यलाई निरन्तरता दिने नीतिअनुरूप प्रस्थानको दौरान सम्पूणर् स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७