प्रधानन्यायाधीशलाई महाभियोग लाग्न सक्छ : चण्डेश्वर श्रेष्ठ


८ पुष २०७८, बिहीबार
chandeswor

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने सङ्केत गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको सङ्केत पाएको बताएका हुन् ।

उनले प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसद्मा प्रधानन्यायाधीशको बहिर्गमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने बताए । उनले भने, ‘न्यायपालिकाको गरिमा कायम राख्नको लागि, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनको लागि सरकारदेखि लिएर प्रतिपक्ष सम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भन्ने हामीले आवाज उठाउँदै आएका छौँ । यसतर्फ अहिले दलका नेताज्यूहरुले ध्यान दिनुभएको हो की भन्ने सङ्केत हामीले पाएका छौं ।’

उनले थपे, ‘चोलेन्द्र शमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यति दिनसम्म नै न्यायपालिकाको आस्था तल जाँदै गर्छ । न्यायपालिकाको आस्था कायम राख्नका लागि, सेवाग्राहीहरूलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउनको लागि हामी बार एशोसिएसन वाचडगको रूपमा रहेका छौँ ।’ उहाँले चाहे अनुसारको बहिर्गमन गराउने एउटा अर्को बाटो छ संसद् । थलो संसद् छ । त्यो संसद्को थलोमा अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छलफल हुने नै छ, छिट्टै छलफल हुन्छ । त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ ।’ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म बार एशोसिएसनले गरेको विरोधको कार्यक्रम जारी रहने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७