खड्ग ओली सरकारमा आएपछि एमालेले गुमाउन बाँकी केहि राखेन : झलनाथ खनाल


८ पुष २०७८, बिहीबार
jhalanath khanal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली एमाले र सरकारको नेतृत्वमा आएपछि सबैथोक गुमाउँदै सकिएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा खनालले यस्तो बताएका हुन् ।

‘खड्ग ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि सबै थोक सकियो । उनी दलाल पुँजीपतिको घेरामा परे’, खनालले भने, ‘उनले चार वटा बजेट र नीति कार्यक्रम कसरी ल्याए ? हामीले थाहा पाएनौं ।’

उनले दुईतिहाइ बहुमतसहितको शक्तिशाली सरकार पानीको फोका जस्तै बिलाएर गएको पनि बताए । ‘दुई तिहाइ बहुमतको शक्तिशाली सरकार पानीको फोका जस्तै बिलाएर गयो’, उनले भने, ‘सातमध्ये ६ वटा प्रदेश सरकार पनि सकिए ।’ खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले ल्याएको पनि दाबी गरेका छन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल मैले एमालेको नवौं महाधिवेशनमा अगाडि सारेको थिएँ’, उनले भने, ‘हामीले नेपालमा कम्युनिष्ट आन्दोलनको लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हुनुपर्छ भनेर अगाडि सारेका थियौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७