९० वर्षमाथिका नागरिकलाई अब घरमै भत्ता पुर्‍याउने मन्त्रीको घोषणा


८ पुष २०७८, बिहीबार
uma regmi

काठमाडौं । सरकारले ९० वर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षमाथि र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउने बताएकी हुन् ।

मन्त्री रेग्मीले छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिने बताइन् । यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिन स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता स्थानीय तहले वडा कार्यालयबाट बाँड्दै आएका छन् । उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताइन् । रेग्मीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताइन् ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई हालसम्म १८९ देशले अनुमोदन गरेका मन्त्री रेग्मीले समितिमा बताइन् । महिला विभेद र भेदभाव अन्त्य गर्न राष्ट्रिय कार्यका लागि महासन्धिले एजेन्डा तय गर्ने उनले बताइन् । पेरुकी ग्लेडिस यकोस्टा भारगास अध्यक्ष रहेको सिड कमिटीमा नेपालबाट बन्दना राणा सदस्य छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७