महान्यायाधिवक्ताको प्रधानमन्त्रीलाई आग्रह : न्यायालयको समस्या समाधानको निकास खोज्नूस्


८ पुष २०७८, बिहीबार
KhambaBdrKhatiandPMSherbdrdeuwa1 20211223113156

काठमाडौं । महान्यायाधिवक्ता खम्बबहादुर खातीले सर्वोच्च अदालतको विवाद समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि प्रश्न उठेको भन्दै निकास निकाल्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

महान्यायाधिवक्ता कार्यालयको ७१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता खातीले सर्वोच्च अदालततिर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘प्रधानन्यायाधीशबारे कुरा उठेको छ । प्रधानमन्त्रीले विशेष चासो दिन म आग्रह गर्छु,’ सम्बोधनको क्रममा उनले भने ।

महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएको कार्यक्रममा प्रधानन्यायाधीशमाथि प्रश्न उठेको भन्दै विपक्षी दलसँग कुरा गरेर निकास दिन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७