स्थानीय तहका थप २३२ कर्मचारीको सरुवा (सूचीसहित)


८ पुष २०७८, बिहीबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत थप २३२ कर्मचारीको सरुवा गरेको छ ।

लामो समयदेखि अन्तर्गत स्थानीय तह कामकाजमा खटाई दिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यसअघि गत मंसिर २१ मा मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १६१३ कर्मचारीको सरुवा गरेको थियो । लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

लोकसेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको थियो । आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएपछि सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने हुन्छ । यसरी दोहोरो सहमति लिएर निवेदन पेस गरेका स्थानीय तहका कर्मचारीको सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
हेर्नुस् सरुवा भएका २३२ कर्मचारीको विवरण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७