नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्झौता


८ पुष २०७८, बिहीबार

काठमाडौं, ८ पुस । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन्।

त्यस्तै नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन्।

खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो।

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी जस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ।

बैंकले भनेको छ, ‘आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७