लक्ष्मी बैंकको चुक्ता पुँजी साढे ११ अर्ब पुग्यो, सेयरधनीले पाए ८ प्रतिशत बोनस सेयर


८ पुष २०७८, बिहीबार

काठमाडौं, ८ पुस । लक्ष्मी बैंकले बिहीबार २१औँ वार्षिक साधारणसभा गरेको छ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड पुगेको बैंकले जनाएको छ।

साधारण सभाले आर्थिक वर्ष २०७७र७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

आ।व। २०७७र७८ मा १ खर्ब १७ अर्ब निक्षेप र १ खर्ब ८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १ खर्ब ५२ अर्ब रहेको छ।

सो आ।व।मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७