सलमान खानको खानपान टिप्स


९ पुष २०७८, शुक्रबार
Salman Khan Bollywood

बलिउड अभिनेता सलमान खानले केही खानपान टिप्स दिएका छन्ः

खान अप्ठेरो नमान्नुस् मोटाइएला भन्ने डरले खाना खान नडराउनुस् । तर, खाँदाखेरि कार्बोहाइड्रेट र फ्याटभन्दा प्रोटिनयुक्त खाना बढी खाने गर्नुस् । माछा, अण्डा, चिकेनजस्ता खानामा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले म यी खाना दिनहुँ खान्छु ।

कसरत गर्नुस्
खान कञ्जुस्याइँ गर्नुभएन, तर कसरत गर्न चाहिँ कञ्जुस्याइँ गर्नुभयो भने बर्बाद हुन्छ । यसबाट तपाईंको वजन अनावश्यक रूपमा बढ्न गई अनेक खालका रोग लाग्न सक्छन् । मेरो मान्यता के हो भने खाना पनि प्रशस्त खाने र कसरत पनि प्रशस्त गर्ने । यसो गरियो भने शरीर फिट र स्वस्थ रहन्छ ।

खाना र कसरतको सन्तुलन मिलाउनुस्
म प्रतिदिन तीन हजार क्यालोरी इन्टेक हुनेगरी प्रोटिनयुक्त खाना खाने गर्छु । शरीरमा जम्मा भएको यति क्यालोरी म कसरत, जिम आदि गरेर खर्च गर्छु ।

खानामा अतिरिक्त सचेत हुनुस्
व्यायामलाई म २० प्रतिशत र खानपानलाई ८० प्रतिशत माक्र्स दिन्छु । व्यायामभन्दा खानपान फिटनेसका लागि बढी महŒवपूर्ण छ । त्यही भएर ताजा र स्वास्थ्यकर खानामा जोड गर्नुस् ।

चिनी नखानुस्
शरीरलाई आवश्यक पर्ने चिनी फलफूल, खाना आदिबाट प्राप्त हुन्छ । त्यही भएर म चिनी र प्रोसेस्ड फुड छुँदै छुन्नँ ।

मसलायुक्त खाना नखानुस्
कुनै समय म मसलायुक्त खाना, आइसक्रिम, पिज्जा, पावभाजी आदि भनेपछि हुरुक्क हुन्थेँ । यस्ता खाना खान म दिनहुँजसो रेस्टुरेन्ट धाउने गर्थें । अहिले यस्ता खाना खान छोडिदिएँ ।

यस्तो होस् बिहानको खाना
म ब्रेकफास्टमा चारवटा अण्डाको सेतो भाग र चिल्लो कम भएको दूध खान्छु । व्यायाम गर्नुअघि प्रोटिन सेक, एमिनो एसिड ट्याबलेट र दुइटा अण्डाको सेतो भाग खान्छु । व्यायामपछि प्रोटिन बार, जौको चिउरा, केही दाना हाडेबदाम र तीनवटा अण्डाका सेतो भाग खान्छु । खानामा पाँचवटा पातला रोटी, तरकारी र सलाद खान्छु ।

दिउँसोको खाना
दिउँसो म केही दाना हाडेबदाम र अन्य ड्राइफ्रुट्स खान्छु । पानी पर्याप्त पिउँछु । बिहान हेभी खाने भएकाले दिउँसो खान मलाई त्यति आवश्यक पर्दैन ।

रातिको खाना
रातिको खानामा म माछा अथवा कुखुराको केही पिस, तरकारीको सुप र दुइटा अण्डाको सेतो भाग खान्छु । राति म बढी खाँदिनँ ।


(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७