भक्तपुरमा आँगनको नालीमा लड्दा वृद्धको मृत्यु


९ पुष २०७८, शुक्रबार
death

काठमाडौं । भक्तपुरमा आफ्नै घरको आँगनको रहेको पानी बग्ने नालीमा लड्दा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ४ चाँगु हल्छाप घर भएका ७४ वर्षीय कान्छा श्रेष्ठ बिहीबार राति आफ्नै घरको आँगनमा रहेको नालीमा लड्दा मृत्यु भएको हो ।

हिंड्ने क्रममा नालीमा लड्दा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि शंकरापुर अस्पताल जोरपाटी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७