कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने


९ पुष २०७८, शुक्रबार
thumb 10

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन् ।

निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई पुस १० गते प्रमाणपत्र वितरणको तयारी अघि वढाएको हो । महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार नव निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ ।

निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन् । दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७