भारत लुधियाना अदालतभित्र बम विष्फोट : दुईको मृत्यु, चार जना गम्भिर घाइते


९ पुष २०७८, शुक्रबार
bomb rXhBrFQlgI

नयाँदिल्ली । भारतको लुधियानामा रहेको अदालतमा बम विष्फोट भएको छ । अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विष्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । बम विष्फोट अदालतको तेस्रो तलामा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको थियो । वकिलहरुको हड्तालका कारण साधारण दिनको तुलनामा हिजो भिड कम थियो । अदालतभित्र कसले र किन विष्फोट गराएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा निकायले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७