हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो लाग्ने


९ पुष २०७८, शुक्रबार
snow

काठमाडौं । देशभर जाडो बढ्दा जनजीवन प्रभावित बन्न थालेको छ । आज (शुक्रबार) देशका विभिन्न भागमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सात वटै प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका भू-भागमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसैबीच, आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंको आजको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७