कांग्रेस प्रदेश-२ अधिवेशन : सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी


९ पुष २०७८, शुक्रबार

जनकपुर । नेपाली कांग्रेसको प्रदेश-२ सभापतिमा संस्थापन (देउवा) पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो । निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो ।

१,९३८ मतदातामध्ये १,८८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश-२ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७