युक्रेन मामिलामा रुस झुक्दैन : पुटिन


९ पुष २०७८, शुक्रबार
Putin 1536x1137 1

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकलाई युक्रेनको मामिलामा चेतावनी दिएका छन् । उनले अमेरिकी सहयोगी मुलुकको संगठन नेटोको विस्तारको विषयमा पश्चिमा मुलुकले झुट बोलेको आरोप लगाएका छन् ।

प्रेस कन्फ्रेन्समा बोल्दै उनले अमेरिकासँग सुरक्षाको प्रत्याभूतिको मागबारे सकारात्मक प्रगति भएको बताएका छन् । रुस र पश्चिमी मुलुकबीच पछिल्लो समय युक्रेनको विषयलाई लिएर तनाव उत्पन्न भएको छ । पश्चिमा मुलुकले युक्रेनमाथि रुसले आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् ।

प्रेस कन्फ्रेन्समा सोधिएको प्रश्नमा उनले युक्रेनको कारण उत्पन्न भएको समस्याको उत्तर आफूहरुले दिइरहेको बताएका छन् । पुटिनले युक्रेनमाथिको कारबाही सुरक्षाको अवस्था र अमेरिकासँगको वार्तामा निर्भर रहने बताएका छन् । पुटिनले अमेरिकासँग सन् २०२२ मा वार्ता हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७