अमेरिकाले सिञ्चियाङमा निर्मित सामान नलिने


९ पुष २०७८, शुक्रबार
US China

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिञ्चियाङ प्रान्तमा निर्मिति सामग्री आयातमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेको छ । चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला बाइडेनले चीनलाई थप चिढाउने गरी नयाँ कानुनलाई अनुमति दिएका हुन् ।
सिञ्चियाङ प्रान्तका मुश्लिम अल्पसंख्यकमाथि चीनले अत्याचार गरेको र त्यहाँ जबरजस्ती श्रम गर्न बाध्य बनाइएको भन्दै अमेरिकाले सो प्रान्तमा निर्मित कुनै पनि सामग्री अमेरिका आयात गर्न बन्देज लगाएको हो ।

अमेरिकी संसद दुवै सदन प्रतिनिधिसभा र सिनेटबाट पारित उक्त कानुनमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन् । सिञ्चियाङबाट ठूलो परिमाणमा सूति र प्यानल निर्यात हुने गर्दछ । संयुक्त राष्ट्रसंघीय विशेषज्ञ तथा अन्य अधिकारकर्मीहरुले सिञ्चियाङका क्याम्पहरुमा दश लाख भन्दा बढी उइगुर तथा अन्य अल्पसंख्यक मुस्लिमहरुलाई बन्दी बनाइएको र उनीहरुलाई जब्बरजस्ती श्रममा लगाउने गरिएको दाबी गर्दै आएका छन् ।

चीनले भने अमेरिकी कदमप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपी चीनले पश्चिमा देशहरु तथा अधिकारवादी संस्थाहरुले चीनमाथि मानवअधिकारको नाममा घृणित व्यवहार देखाउने गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७