भारत भ्रमणको तयारीमा प्रधानमन्त्री


९ पुष २०७८, शुक्रबार
deuwa 1

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पाएपछि भ्रमणबारे तयारी गर्न प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन् ।

‘भ्रमणको अन्तिम गृहकार्य भइरहेको छ’, परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘नेपालका तर्फबाट उठाउने विषयवस्तुबारे छलफल चलाएका छौं ।’ नयाँदिल्लीमा ओमिक्रोन संक्रमण बढिरहेकाले त्यसलाई ध्यान दिई भ्रमणका लागि सानो टिम बनाउने ती अधिकारीले जानकारी दिए । ‘पुसभित्रै प्रधानमन्त्री ज्यूको भ्रमण हुन्छ । जाने मिति समेत तय भइसकेको छ’, उनले भने, ‘ओमिक्रोनको संक्रमण उत्कर्षमा पुग्यो भने मितिमा केही तल-माथि होला ।’

परराष्ट्र मन्त्रालय र दुवै देशका दूतावासका अधिकारीले प्रधानमन्त्री देउवाको भ्रमणलाई सफल बनाउन गृहकार्य गरिरहेका छन् । कांग्रेस सभापति देउवा गत असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । त्यसलगत्तै भारतले भ्रमणका लागि उनलाई औपचारिक खबर गरेको थियो । तर, मुलुकको आन्तरिक राजनीति अवस्था र पार्टी महाधिवेशनको तयारीलगायत कारण देखाउँदै देउवाले त्यस बेला भ्रमणबारे खासै चासो देखाएनन् । भारतले पनि ‘देउवाको मनस्थिति’ बुझ्दै धेरै आग्रह गरेन ।

प्रधानमन्त्री बने लगत्तै नेपालको अस्थिर राजनीति देखेर भारत देउवाको भ्रमण गराउने/नगराउनेबारे दोधारमा थियो । प्रधानमन्त्री नियुक्त भए लगत्तै भारत भ्रमणमा जाने परम्परा भए पनि पार्टीको आन्तरिक काम, गठबन्धनबीच बढेको आशंका र नजिकिँदो महाधिवेशनका कारण देउवा भारत गएनन् । महाधिवेशनअघि देउवाप्रति ‘पर्ख र हेर’ को अवस्थामा भारत थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७