विश्वमा एकै दिन थपिए ९ लाख ५४ हजारा बढी कोरोना संक्रमित, साढे ६ हजारको मृत्यु


९ पुष २०७८, शुक्रबार
korona

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर नौ लाख ५४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार उक्त अवधिमा नौ लाख ५४ हजार ६०४ संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा दुई लाख ५५ हजार ९०९ नयाँ संक्रमित पहिचान भएका छन् । त्यहाँ उक्त अवधिमा एक हजार १०८ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी गत २४ घण्टामा बेलायतमा एक लाख १९ हजार ७८९, फ्रान्समा ९१ हजार ६०८, स्पेनमा ७२ हजार ९१२, इटालीमा ४४ हजार ५९५, जर्मनीमा ३९ हजार १९६, रसियामा २५ हजार ६६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा थप छ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा १०४ जना संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार गत २४ घण्टामा विश्वभर कोरोना संक्रमणका कारण छ हजार ४६५ जनाको ज्यान गएको छ । यससँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ लाख १९२ पुगेको छ ।

विश्वभर कूल संक्रमितको संख्या २७ करोड ८४ लाख ७७ हजार ७५५ पुगेको छ । संक्रमितमध्ये २४ करोड ९१ लाख ३७ हजार ७५६ जना निको भइसकेका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या दुई करोड ३९ लाख ३९ हजार ८०७ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७