बेलायत र फ्रान्समा फेला परे अहिलेसम्मकै धेरै कोरोना संक्रमित


९ पुष २०७८, शुक्रबार
covid 19 london cases transmission

काठमाडौं । बेलायत र फ्रान्समा एकैदिन कोभिड-१९ का अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् । बिहीबार बेलायतमा कोरोनाका एक लाख १९ हजार नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै फ्रान्समा पनि ९१ हजरभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच जर्मनीको रोबर्ट कोच इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजले मुलुकमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ । कोभिड-१९ संक्रमण अहिले विभिन्न ६ खाडी मुलुकमा पनि ठूलो मात्रामा फैलिएको छ । विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिइरहेको अवस्थामा एस्ट्राजेनेका कम्पनीले आफ्नो बुस्टर डोज नयाँ भेरियन्टविरुद्ध प्रभावकारी रहेको बताएको छ ।

बेलायतमा गरिएको अध्ययनले ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टको तुलनामा कम जोखिमपूणर् हुने गरेको देखाएको छ । यद्यपि यो भेरियन्ट सबैभन्दा संक्रामक रहेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७