दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई भ्रष्टाचार काण्डमा आममाफी, २२ वर्षको कैद सजाय मिनाह


९ पुष २०७८, शुक्रबार
park

काठमाडौं । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुएन-हाएलाई आम माफी दिइएको छ । ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजाय पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे-इनले माफी दिएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपतिलाई जस्तोसुकै अपराधमा पनि आम माफी दिन पाउने संवैधानिक अधिकार छ । ६९ वर्षिय पूर्व राष्ट्रपतिले पद तथा शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको तथा सरकारी कोष अपचलन गरेको आरोप थियो ।

सन् २०१७ मा महाअभियोग लगाएर हटाएपछि उनलाई भ्रष्टाचारको मुघामा दोषी ठहर गरिएको थियो । यो वर्षमात्रै तिन पटक अस्पताल भर्ना गर्नुपरेपछि कमजोर स्वास्थ्य अवस्थाको कारण उनको कैद सजाय मिनाह गरिएको बताईएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७