विश्वको पहिलो ‘एसएमएस’ एक लाख ५० हजार डलरमा बिक्री


९ पुष २०७८, शुक्रबार
NFt1640315897

काठमाडौं । विश्वमा पहिलो पटक लेखिएको एसएमएस पेरिसमा झण्डै १ लाख ५० हजार डलरमा लिलाम भएको छ । यसलाई ‘एनएफटी’ या ‘नन-फन्जिबल टोकन’ का रुपमा बिक्री गर्न लागिएको हो ।

उक्त एसएमएसमा ‘मेरी क्रिस्मस’ भन्ने म्यासेज लेखिएको छ । यसलाई बेलायती प्रोग्रामर नेइल पेपवर्थले आफ्नो कम्प्युटरबाट १९९२ मा भोडाफोनका निर्देशक रिचार्ड जार्भिसलाई पठाएका थिए । जार्भिसले त्यो बेला आफ्नो अर्बाइटेल ९०१ सेलफोनमा सो म्यासेज पाएका थिए ।
यो एनएफटीमा सो एसएमएस ट्रान्समिट गरिएको वास्तविक ‘कम्युनिकेसन प्रोटोकोल’ रहेको छ । यसलाई खरिद गर्ने व्यक्तिको नाम भने खुलाइएको छैन । र उनले यसलाई क्रिप्टोकरेन्सी, एथरको प्रयोग गरेर किनेका हुन् । यसमा उनले म्यासेज पाएको थ्रीडी एनिमेसनयुक्त डिजिटल फ्रेम पनि प्राप्त गर्नेछन् ।

पछिल्लो समय एनएफटी अत्यन्तै लोकप्रिय बनेको छ । यो भनेको डिजिटल लेजर, ‘ब्लकचेन’ मा स्टोर गरिएको डाटा हो जसलाई पछि बेच्न लगायत कारोबार गर्न सकिन्छ । र यो संसारमै एउटा प्रकारको मात्र हुन्छ अर्थात त्यही टोकन अन्त कतै पाइने छैन । यसले क्रिप्टोग्राफिक टोकनको काम गर्दछ । तरपनि बिटकोइन भन्दा फरक हुन्छ । प्रत्येक एनएफटीको फरक फरक मूल्य हुन्छ भने क्रिप्टोकरेन्सीमा चाहिँ सबै बिटकोइनको मूल्य एउटै हुन्छ ।

यो कपी गर्न नमिल्ने डिजिटल डाटा युनिटको अंश हो । यसलाई तस्बिर, भिडियो या अडियो जस्ता डिजिटल फाइलसँग जोड्न सकिन्छ । यसले कुनैपनि डिजिटल सामग्रीको स्वामित्वलाई लिएर आधिकारिक मान्यता प्राप्त सर्टिफिकेट दिन्छ । तर विभिन्न कारणवश् यस किसिमको कारोबारलाई विवादास्पद पनि मानिएको छ ।

त्यो समयमा पेपवर्थ र उनका सहकर्मीहरु भोडाफोनका प्रयोगकर्ताहरुले एक अर्कालाई म्यासेज पठाउन मिल्ने संचार सेवा सम्बन्धी काम गरिरहेका थिए । उनी भन्छन्, ‘१९९२ मा मलाई टेक्स्ट गर्नु यति लोकप्रिय बन्नेछ भनेर सोचेकै थिइनँ । र आज त्यसैबाट विभिन्न इमोजी र नयाँ एप्सहरु सिर्जना भएका छन् जसलाई अहिले दुनियाँभरका करोडौंले चलाउँछन् । मैले पहिलो टेक्स्ट गर्नासाथ आफ्ना बच्चाहरुलाई भनेको थिएँ । अहिले फर्केर हेर्दा त्यो क्षण वास्तवमै मोबाइल इतिहासको महत्वपूणर् समय रहेछ जस्तो महसुस हुन्छ ।’ सुरुवाततिर मोबाइल फोनबाट म्यासेज पठाउन मिल्दैनथ्यो किनकी फोनमा किबोर्ड हुँदैन । तर पछि नोकिया २१० आएपछि चाहिँ यो सम्भव भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७