संसद्को अन्तिम बैठक जारी (हेर्नुहोस् LIVE)


२८ आश्विन २०७४, शनिबार
samsad hal संसद हल

काठमाडौँ : संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक सुरु भएकाे छ । संसद् भवनमा जारी बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गरिरहेका छन् ।  निर्वाचन आयोगले आइतबार समानुपातिक उम्मेदवार मनोनयन गर्ने दिन तोकेकाले व्यवस्थापिका–संसद् मध्यरातबाट स्वतः विघटन हुनेछ ।
samsad hal संसद हल
संविधानमा प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिनसम्म संसद्को आयु रहने उल्लेख छ । संसद् नहुँदा प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन पाउने छैनन् ।
विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो ।

लाइभ

०७० पछिको संविधानसभा र संविधान जारी भइसकेपछि रूपान्तरित संसद्मामा ५९१ सदस्य छन् । दुईजना निर्वाचनपछि मन्त्रिपरिषद्बाट मनोनीत हुन सकेनन् । मधेसी दलबाट मनोनयनका लागि नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद्ले २४ जना सदस्यलाई मात्र मनोनीत गरे । यस्तै सांसदहरुको निधन भएपछि संसद्को कुल सदस्य संख्या ६०१ नभई ५९९ मात्र कायम भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७