राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


९ पुष २०७८, शुक्रबार
mao 1

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ । केहीबेर अघिबाट बैठक शुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए ।

‘पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो,’ नेता पोख्रेलले भने, ‘बैठकले राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक निणर्य लिने छ ।’ माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७