बंगलादेशमा फेरीमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु


९ पुष २०७८, शुक्रबार
ferry U4FvIV6UMs

काठमाडौं । बंगलादेशको दक्षिणी क्षेत्रमा शुक्रबार सामान प्याक गरेर राखिएको फेरीमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बंगलादेशको झकाकाठी स्थाननजिकै तीन तला भएको ओभिजान फेरीमा आगलागी भएको हो ।

स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले अहिलेसम्म ३२ जनाको शव निकालिएको बताएका छन्। उनका अनुसार फेरीमा आगलागी भएपछि धेरै मानिसहरु नदीमा हाम फालेका थिए । धेरैको डुबेर मृत्यु भएको उनले बताए । बंगलादेशमा ममर्तसम्भारको अभाव, पर्याप्त सुरक्षा व्यवस्था नहुनु जस्ता कारणले बेलाबेलामा यस्तो समाचार आउने गरेक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७