चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १९ गैंडा मरे, दुई वटा चोरी सिकारीले मारेको आशंका


९ पुष २०७८, शुक्रबार
rhino 3FLphCtVQ0
फाइल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता १९ गैंडा मरेका छन् । मरेका गैंडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अरु कालगतीले नै मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मंसिरमा पाँच र पुसमा दुई गैंडा मरेका छन् । साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैंडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ वटा गैंडा मरेको तथ्याङ्क छ । पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैंडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा पाइएको थियो । गैंडाको संख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्नेको संख्या बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७