अपरेटरले तलब नपाएपछि बिजुली बन्द, २२० परिवार समस्यामा


९ पुष २०७८, शुक्रबार
bijuli
सांकेतिक तस्वीर

हुम्ला । विद्युतका अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै हुम्लास्थित छुइपुग जलविद्युत् आयोजनाका सम्पूणर् सेवा बन्द गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका-८ खोल्सी र नाम्खा गाउँपालिका-४ लामा खोल्सीमा रहेको छुइपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको हो ।

विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएको रिसमा विद्युत् सेवा बन्द गराएका हुन् । गत वर्ष माघदेखि सञ्चालित विद्युत् आयोजनाबाट आफूहरूले पाउने सेवा सुविधा र तलब नपाएकाले विद्युत् बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए ।

विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निणर्य गरिएको थियो ।

तर निणर्य उल्लंघन गर्दै आफूहरूलाई तलब नदिएकाले बाध्य भएर सेवा बन्द गर्नुपरेको अपरेटर लामाको भनाइ छ । तलबका लागि प्रत्येक घरपरिवारले १०० रुपैयाँ संकलन गर्नुपर्ने हो । तर संकलन नगर्दा आफूहरूले विद्युत् सेवा बन्द गरी ताला लगाएको लामाले बताए । तलब नदिएसम्म विद्युत् सेवा बन्द रहने उनले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७