प्रचण्डको दस्तावेज माओवादी स्थायी कमिटीमा पेश


९ पुष २०७८, शुक्रबार
mao 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनका लागि तयार पारेको दस्तावेज स्थायी कमिटीमा पेश गरेका छन् ।

शुक्रबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले उक्त दस्तावेजका मुख्य कुराहरूबारे चर्चा गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । ‘हाम्रो राष्ट्रिय सम्मेलन पर्सिदेखि काठमाडौंमा सुरु हुँदैछ’, महराले भने, ’आजको बैठकमा अध्यक्षले सम्मेलनका लागि तयार पारेको डकुमेन्ट पेस गर्नु भएको छ ।’

दस्तावेजजलाई लिएर थप छलफलका लागि शुक्रबारै तीन बजे स्थायी कमिटी बस्ने महराले जानकारी दिएका छन् । यसमा स्थायी कमिटीले आवश्यक सुझाव दिएको छ । ती सुझावसहित अध्यक्षले राष्ट्रिय सम्मेलनमा उक्त दस्तावेज पेश गर्नु हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७