न्यायाधीश मीरा खड्काको स्पष्टीकरण : मैले जन्ममितिमा सच्याएको छैन, न्याय परिषदको त्रुटी हो


९ पुष २०७८, शुक्रबार
Miramaiya shrestha 6GOSJZyL39

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति फरक-फरक नरहेको स्पष्ट पारेकी छन् । न्यायाधीश खड्काको फरक-फरक जन्ममिति रहेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेकी हुन् ।

‘न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित होइन’, खड्काको विज्ञप्तिमा लेखिएको छ, ‘न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्र समेतका अभिलेखमा मेरो जन्ममितिको पूणर् र यथार्थ विवरण नै उल्लेख छ । मैले जन्ममिति सच्याउनु पर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।’

एसएलसीलगायतका आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रहरुमा जन्म मिति वि.सं. २०१४ जेठ २ भन्ने नै उल्लेख भएको खड्काले बताएकी छन् । शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ साल भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण फारममा पनि त्यही उल्लेख रहेको उनको भनाइ छ। न्यायाधीशको हैसियतमा २०६१ र २०७१ सालमा भरेको विवरणमा पनि २०१४ जेठ २ भन्ने उल्लेख रहेको उनको दाबी छ ।

हेर्नुस् विज्ञप्ति

Miramaiya shrestha statement aXCpRi5E5y

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७