एसएसपी सुशील यादव सरकारी निवासमै मृत फेला


९ पुष २०७८, शुक्रबार
sushil yadav ssp GNWRBkzzkw

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत फेला छन् ।
उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो ।
’तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो’, उनले सुनाए, ‘यसबारे विस्तृत जानकारी मातहतबाट मागेका छौं ।’ उनको मृत्युको कारण खुलिसकेको छैन । केही दिनअघि मात्रै उनीमाथि कारबाही चलाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७