भारतको उत्तर प्रदेशमा शनिबारदेखि रात्रिकालीन कर्फ्यु


९ पुष २०७८, शुक्रबार

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शनिबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यु लगाउने निणर्य भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणलाई ध्यानमा राख्दै प्रदेश सरकारले यस्तो निणर्य गरेको हो ।

नयाँ निणर्यअनुसार उत्तर प्रदेशमा रातको ११ बजेदेखि बिहान पाँच बजेसम्म कफ्र्यु जारी रहनेछ । त्यस्तै विवाहमा पनि २०० भन्दा धेरै मानिस सामेल हुन पाउने छैनन् । त्यस्तै अब उत्तर प्रदेशको सरकारले मास्क प्रयोग नगरी आउनेलाई बजारमा कुनै पनि सामग्री नबेच्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

बाहिरबाट आउने सबैको परीक्षण गर्ने र बस, रेलवे र विमानस्थलमा थप सतर्कता अपनाइने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । आवश्यकता अनुसार बाहिरबाट आउनेलाई क्वारेन्टिन वा अस्पतालमा भर्ना गर्न सकिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७