मन्त्रिपरिषद बैठकले गर्‍यो यस्ता सात निर्णय


९ पुष २०७८, शुक्रबार

काठमाडौं । सरकारले क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिसमसको अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निणर्य गर्दै शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निणर्य आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरिएको जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय
१) औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने ।
२) विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत गर्ने ।
३) क्रिसमस डेका अवसरमा शनिबार सार्वजनिक विदा दिने ।
४) संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृति दिने ।
५) राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने ।
६) जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृति दिने ।
७) हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृति दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुनरावलोकन गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७