बिग बास लिग : सन्दीपको टोलीको जित


९ पुष २०७८, शुक्रबार
sandeep hobart222a hthN8L3fsO

काठमाडौं । बिग बास लिगअन्तर्गत शुक्रबार भएको खेलमा नेपालका लेगस्पिनर सन्दीप लामिछानेको टोलीले जित हात पारेको छ ।
लामिछानेको कुनै विकेट लिन नसके पनि होबार्ट हरिकेन्सले मेलवर्न स्टारमाथि २५ रनको जित हात पारेको हो ।

पहिला ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मेलवर्नले भने नौ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो। सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिए । उनले ग्लेन म्याक्सवेलको क्याच पनि छाडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७