राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त


९ पुष २०७८, शुक्रबार
1640335719 board 1200x560 1

काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निणर्य सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निणर्यसमेत गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णय समेत गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७