गणतन्त्र उल्ट्याउने ठूलो षड्यन्त्र भइरहेको छ : प्रचण्ड

माओवादी र मसाल (सम्पर्क केन्द्र) बीच एकता


९ पुष २०७८, शुक्रबार
akikaran1640336082

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने ठूलो षड्यन्त्र भइरहेको दावी गरेका छन् । नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् । तिनले प्रतिगमनको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर परिवर्तनको रक्षा गर्दै अघि जाने दृढतासाथ अघि बढ्न मोर्चाबन्दी गर्दैछन्’, प्रचण्डले गत पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालेको बताए ।

उनले सोही समूहले अझै पनि गणतन्त्रलाई उल्ट्याउने प्रयास गरिरहेको बताए । सो क्रममा प्रचण्डले नेकपा मसाल र आफुहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएकाले पनि मसालसँगको एकता दिगो हुने बताएका हुन् । ‘मूलभूत रुपमा हामी एउटै स्कुलका विद्यार्थी त्यसैले यो एकता दिगो हुनेछ’, प्रचण्डको भनाइ छ । उनले यसअघि एमालेसँग गरेको एकता केपी ओलीले सत्तामा पुग्ने भर्‍याङको रुपमा प्रयोग गर्दा विश्वासघातको रुपमा पुगेको समेत प्रचण्डले बताए । प्रचण्डले इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तीकारीहरुलाई परास्त गर्न सकिने बताए ।

माओवादी र मसाल (सम्पर्क केन्द्र) बीच एकता
नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)ब ीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो ।

कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताएका छन् । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ भन्दै समाहित भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७