निर्माण उद्योग संकटमा : अध्यक्ष सिंह


९ पुष २०७८, शुक्रबार
simha

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् । वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको उनको भनाई छ ।

बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको उनले बताए । दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीले चरम आर्थिक अभाव झेलिरहेको उहाको भनाई छ ।

सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै बजारमा तरलता सहज हुने धारणा राखे । सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको कामले पनि गति लिने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७