भारतको १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिहरुको सूचीमा देवयानी राणा


९ पुष २०७८, शुक्रबार
devyani rana

नयाँदिल्ली । ‘रेपुटेसन्स टुडे’ को १०० शीर्ष महत्वपूर्ण व्यावसायिक व्यक्तिहरुको सूची चौथो वर्षका लागि सार्वजनिक गरिएको छ ।
यसको मुख्य उद्देश्य भनेको युवा पेशाकर्मीहरुलाई ती व्यक्तिहरुको पहिचान दिलाउनु हो जसको यात्रा उनीहरुका लागि प्रेरणा बन्न सक्छ । त्यो सूचीमा देवयानी राणा पनि परेकी छन् । उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छन् ।

देवयानी भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क सञ्चार एवम् दीगो विकास मामिला हेर्ने गरी उपाध्यक्ष चयन भएकी थिइन् । राणा राप्रपाका पूर्व अध्यक्ष पशुपतिशमशेर जबराकी छोरी हुन् । यसलाई पहिलोपटक २०१७ मा सुरु गरिएको थियो । यो वर्ष चाहिँ यसले अग्र २५ पेशाकर्मीहरुको सूची तयार पारेको छ जसमा स्वर्गीय नरेश कुमारको नाम पनि समावेश गरिएको छ । यसमा सबैभन्दा शीर्ष स्थानमा रिलायन्स इन्डस्ट्रिजका रोहित बन्साल रहेका छन् । रोहित बन्सल विगत सात वर्षदेखि भारतको सबैभन्दा मूल्यवान् कम्पनीको कोर्पोरेट कम्युनिकेसन्स समुहको प्रमुख रहँदै आएका छन् ।

यसपछि दोस्रोमा एडफेक्टर्स पीआरका मदन बहाल रहेका छन् । मदन बहालले दुई प्रतिस्पर्धी भन्दा ठूलो कम्पनी निर्माण गरी भारतका शीर्ष ६ मध्ये चार ठूला कंग्लोमरेट्स टाटा, गोदरेज, अदित्य बिर्ला र महिन्द्रासहितका विश्वसनीय सल्लाहकार मानिँदै आएका छन् ।
यसैगरी सूचीको तेस्रोमा पर्फेक्ट रिलेसन्सका दिलिप चेरिअन, चौथोमा अमेजोन इन्डियाकी मिनारी शाह अनि पाचौंमा जेनेसिस बीसीडब्लूकी दिपशिखा धर्मराज रहेकी छन् । यसको शीर्ष १०० सूचीभित्र गुगल, फेसबुक र माइक्रोसफ्टका पेशाकर्मीहरुको नाम पनि समावेश छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७