अर्जुन र भूपेन्द्र हत्याको विरोधमा पूर्व-पश्चिम राजमार्ग बन्द

परिवारले अर्जुनको शव बुझ्न नमान्दा अस्पतालमै


९ पुष २०७८, शुक्रबार
eastwest highway block s5j2vZEyon

कैलाली । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अर्जुन दास र कैलाली लम्कीका भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् ।

हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा स्थानीयवासीले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग बेलुकासम्म बन्द रहने सङ्घर्ष समितिका संयोजक ललित परियारले बताए ।

दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने केहीबेरमा राजमार्ग खोलिने जनाएको छ । राजमार्ग खोल्न प्रयास भइरहेको र चाँडै खोलिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

गएको शुक्रवार बेलुका घरबाट हिंडेका अर्जुन दासको शव शनिवार नजिकैको अमरावती सामुदायिक वनमा भेटिएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका र अरू तीन जना फरार रहेका प्रहरीले बताएको छ ।

घाँटी रेटेर हत्या गरिएका कैलालीको जानकी गाउँपालिका-९ अमरावतीका अर्जुन दासको परिवारले शव बुझ्न अस्वीकार गरेको छ। घटनाका दोषीलाई नियन्त्रणमा नलिइएको भन्दै मृतक दासको परिवारले शव बुझ्न मानेको छैन।

‘अभियुक्त पक्राउ परेका छैनन्। उनीहरु नियन्त्रणमा नआउँदासम्म शव नबुझ्ने पीडित परिवारको अडान छ,’ जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले भने, ‘पोष्टमार्टम भएको छ। परिवारले शव नबुझ्दा अहिले शव अस्पतालमा नै राखिएको छ।’ परिवारले शव नबुझे पछि अहिले मृतक अर्जुनको शव टीकापुर अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७