१६ लाख रकमसहित भारतीय नागरिक पक्राउ


९ पुष २०७८, शुक्रबार
indian qz8CoDwv2j

बारा । प्रहरीले स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान अन्दाजी ११ बजेको समयमा कलैया उपमहानगरपालिका-१०, मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त परिमाणको रकमसहित पक्राउ गरिएको हो ।

चेकजाँचको क्रममा बीआर २२ एन ५०१४ नम्बरको भारतीय मोटरसाइकल चलाई आएका भारतकै बिहार जिल्ला, मोतिहारी ग्राम पञ्चायत बेलदर्वा-५ बस्ने वर्ष ३० का रंदेश कुशवाहाका साथबाट ने.रू.१००० दरको १३०० थान र ने.रू ५०० दरको ६०० थान गरी जम्मा सोह्र लाख रुपैयाँ फेला पारेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उक्त रकमका सम्बन्धमा सोधपुछ गर्दा निजले स्रोत खुलाउन नसकेपछि उक्त रकम तथा रकम ओसारपसार गर्न प्रयोग गरेको मोटरसाइकलसहित निजलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसारको कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७