बागमतीमा १८ जनाको जम्बो सरकार, कांग्रेसबाट थपिए तीन मन्त्री र तीन राज्यमन्त्री


९ पुष २०७८, शुक्रबार
bagmati Cabinet

हेटौंडा । बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज (शुक्रबार) ६ मन्त्री थप गरेसँगै मन्त्रीहरूको संख्या १८ पुगेको हो । मुख्यमन्त्री पाण्डेले आज सत्ता घटक नेपाली कांग्रेसको तर्फबाट ३ जना मन्त्री र ३ जना राज्यमन्त्री थपेका हुन् । आज थपिएका मन्त्रीहरूमा दीपेन्द्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै बलराम पौडेल भूमि व्यवस्था तथा सहकारी र मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।

लामाकाअनुसार कांग्रेसकै तर्फबाट ३ जनाले आजै राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । जसमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री तथा सन्त चेपाङले भौतिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नव नियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनियताको शपथ लिनेछन् । यसअघि नै वागमती प्रदेशमा ११ मन्त्री र एक राज्यमन्त्री थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७