माओवादी सम्मेलन : बढाइयो प्रतिनिधिको संख्या, १० प्रतिशत अध्यक्ष प्रचण्डले मनोनित गर्ने


९ पुष २०७८, शुक्रबार
prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाइएको छ । यसअघि करिब १,५०० प्रतिनिधि सहभागी हुने भनिए पनि अन्तिम समयमा संख्या थपिएको हो ।

आज (शुक्रबार) को स्थायी कमिटी बैठकको निणर्यबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनमा अब १,६३१ प्रतिनिधि सहभागी हुने जानकारी दिए । उनले १,४८३ प्रतिनिधि छनोट भइसकेको पनि जानकारी दिए । ती प्रतिनिधिको १० प्रतिशत मनोनित गर्ने पार्टीले निणर्य गरेको छ । मनोनित गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ । १० प्रतिशत मनोनित गर्दा र १४८ प्रतिनिधि थपिने प्रवक्ता महराले जानकारी दिए । पहिले ५ प्रतिशत मनोनित गर्ने भनिए पनि हाल उक्त प्रतिशत बढाइएको हो ।

स्थायी कमिटी बैठक भोलि पनि बस्ने उनले बताएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज पेस गरेका थिए । सो दस्तावेजमाथि भोलिको बैठकमा छलफल हुने महराले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७