२०७८ पुस १० गते शनिबारको तपाईको राशिफल


१० पुष २०७८, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज ठूला व्यक्तिले तपाईका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यमा वृद्धि हुने र पारिवारिक सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ नयाँ कार्यको अवसर मिल्ने छ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अकस्मात् सफलता पाइन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्ने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सफल यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाजुभाइ वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सरुवा र बढुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन पनि हातलागी हुनसक्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७