कांग्रेस प्रदेश-२ अधिवेशन : आठै पदाधिकारीमा देउवा पक्ष विजयी


१० पुष २०७८, शनिबार
congress pradesh 2 jit nucFdCTmZW

जनकपुर । जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश-२ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । विमलेन्द्र निधि-शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश-२ समितिका आठै पदाधिकारीमा देउवा पक्षले जितेको हो । आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको हो ।

जसको हालसम्मको मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि-कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन् । त्यसपछि अन्य पदाधिकारीको मतगणना गरिएको हो । शुक्रबार राति १० बजे सम्पन्न मतगणनाको नतिजाअनुसार उपसभापतिदेखि सहमहान्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका छन् ।

जसअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् । यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवको जित भएको छ ।
कुन उम्मेदवारले कति मत ल्याए ?
सभापति
कृष्ण यादव – ९९६ विजयी

रामसरोज यादव – ८५५

उपसभापति
चन्द्रशेखर यादव – ८९५ विजयी

धनलाल ठोकर – ६३६

विनोदकुमार खनाल – ७४०

वीरेन्द्रप्रसाद सिंह – १०१९ विजयी

राधाप्रसाद यादव – १२४

महामन्त्रीका उम्मेदवार
उपेन्द्रकुमार यादव – ९५९ विजयी

नरेश यादव – ७७५

विनोद चौधरी – १९५

वृहस्पति कृष्ण श्रेष्ठ – ७८८ विजयी

हरेशप्रसाद महतो – ७०३

सहमहामन्त्री
अरविन्द अमात्य – २५७

जयनारायण प्रसाद यादव – ८७९ विजयी

नारायण चौधरि-६०१

परशुराम चौधरी – ८२२ विजयी

विनोदकुमार यादव – ६९१

रामनारायण महासेठ – ९७

सहमहामन्त्री महिला
बिन्दुकुमारी यादव – ८८९ विजयी

भीमादेवी शर्मा – ५३२

रीता यादव – १५६

रेखादेवी महरान – ७६

अब प्रदेश सदस्यहरूको मतगणना गर्न बाँकी छ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीबार मतदान भएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७